नेकपा बैठकः तोकिएको समयमै संसद अधिवेशन बोलाउने निर्णय

स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठकले तोकिएको समयमा नै संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद अधिवेशन बोलाउने निर्णय गरेको प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.