पछिल्लो २४ घण्टामा ९४ जना कोरोना सङक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोनाका नयाँ सङक्रमित थपिएका छन् ।
३ हजार ६९२ वटा पीसीआर परीक्षण गर्दा थप संक्रमित भेटिएका हुन् । थपिएका संक्रमित सँगै हाल देशभर सक्रिय सङक्रमित संख्या ९ सय ३७ जना रहेका छन् । गएको २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७१ जना सङक्रमणमुक्त भएका मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्