२४ घण्टामा ११२ जना कोरोना संक्रमित, ५४ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप ११२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३९४४ जनाको गरिएको पीसीआर परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २७७१ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.