रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेल सारियो

रूसी विपक्षी नेता राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई जेल सारिएको छ ।

विपक्षी नेता नाभाल्नीलाई मस्कोबाट २ सय किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनका आलोचक विपक्षी नेता नाभाल्नी जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किनु भएको हो । स्वदेश फर्किए लगत्तै उहाँलाई विमान स्थलबाटै पक्राउ गरिएको थियो ।

नेता नाभाल्नीलाई देश प्रतिको प्रतिवद्धतालाई उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतले यसै महिना साडे २ वर्षको जेल सजाय तोकेको हो । धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उहाँलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन ।

फेडरल जेल सर्भिसका प्रमुखका अनुसार नाभाल्नीलाई मस्कोको एक जेलबाट पेनल कालोनीमा सारिएको छ । यद्यपि नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध गराइएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.