अमेरिकालाई इरानको घुर्की, आणविक सम्झौता नगर्ने

इरानले अमेरिकाले एकतर्फी रुपमा लगाएको प्रतिबन्ध नहटाएसम्म अमेरिकी र युरोपेली शक्तिहरूसँग आणविक सम्झौता सम्बन्धी अनौपचारिक वार्ता समेत नगर्ने भएको छ ।

आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा अनौपचारिक बैठक गर्न अमेरिकाले गरेको प्रस्तावलाई इरानले अस्वीकार गरेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरोपेली संघले प्रस्ताव गरेको समय वार्ताका लागि उपयुक्त नभएको बताउनु भयो ।

इरानको निर्णयले अमेरिकालाई निराश बनाएको बताउँदै यस विषयमा अर्थपूर्ण कूटनीतिमा पुनः संलग्न हुन तयार रहेको जनाएको छ । सन् २०१८ मा भएको आणविक सम्झौतामा अमेरिकाले इरानलाई अलग्याएपछि दुई देश बीच तनाव बढेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.