सरकार र विप्लव समूहबीच वार्ता

वार्ता सकारात्मक- भट्टराई

काठमाडौं- नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच आज विहान वार्ता भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको सरकारी वार्ता टोली र विप्लव समूहबाट प्रकाण्डले नेतृत्व गर्नुभएको वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज काठमाडौंमा भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले आज ट्वीट गर्दै  वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी गराउनुभएको छ ।

सरकारले हिजो मात्र वार्ता टोली गठन गरेको थियो । यसको लगत्तै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.