नेपाली काँग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौं- नेपाली काँग्रेसले पार्टी संसदीय दलको बैठक डाकेको छ ।

पर्सि शुक्रबार दिउँसो १ बजे संघीय संसदको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको काँग्रेसले जनाएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि यही फागुन २३ गते बस्न लागेको संसदको बैठकमा प्रस्तुत हुने अपनाइने रणनीतिका बारेमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जनाइएको छ ।

नेकपाको विवाद नसल्टिएसम्म कुनै स्पष्ट खाका नआउने भन्दै काँग्रेसले अहिलेसम्म कसरी अघि बढ्ने भन्ने बारेमा कुनै निर्णय गरिसकेको छैन ।

संसद विघटनलाई असंवैधानिक कदम भनेको काँग्रेसले पुनर्स्थापनापछि स्वागत गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.