नेप्से ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं- आज नेप्से परिसूचक ३९.२३ अंकले घटेको छ । कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको हो।

पछिल्लो केही दिनदेखि निरन्तर घट्दाे क्रममा रहेको नेप्से सूचक बुधबार पनि घटेको हो। यस दिन ‘क’ सेन्सेटिभ सूचक ७.१२ अंकले घटेको छ।

यस दिन २१२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बुधबार साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको शेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको हो।

यस दिन चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि क्रमशः ८.१६ प्रतिशत र ४.९३ प्रतिशतले बढेको छ।

यस दिन एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६.०६ प्रतिशतर नेपाल दुरसञ्चार कम्पनीको ५.७४ प्रतिशतले घटेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.