प्रधानमन्त्रीद्वारा सुनकोशी–मरीन डाइभर्सन आयोजना शिलान्यास

सिन्धुली– प्रधानमन्त्री के पी शर्मा ओलीले बिहीबार सिन्धुलीमा सुनकोशी–मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

आयोजनाबाट १ लाख ७० हजार बिगाहा जमिन सिँचाइ हुने प्रधानमन्त्रीले बताउनुभयो । आयोजनाले नहरको मात्र काम गर्ने नभइ पहाड र तराईलाई जोड्ने माध्यमको समेत काम गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

आयोजनाले सिँचाइका साथै वातावरण वन्यजन्तुलगायतका लगि सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.