प्रदेश सभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक ०७७ साल चैत्र २ गते दिउँसो साढे १२ बजे बस्ने गरी स्थगित गरिएको छ ।

प्रदेश १ को प्रदेश सभा सचिवालयले बुधबार सूचना टाँस गरी विशेष कारणले फागुन २० गते १ बजे बस्ने बैठक चैत्र २ गते सम्मका लागि प्रदेश सभा बैठक सारिएको जनाएको छ । माघ ७ गतेदेखि सुरु भएको प्रदेश सभाको सातौ तथा हिउँदे अधिवेशन पटक पटक स्थगित भएपछि प्रदेश सभाको फागुन ९ गतेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो ।

प्रदेश सरकारका मन्त्री र सत्तापक्षका सांसदहरुको अनुपस्थितिमा फागुन ९ गतेको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरिएपछि फागुन २० गते सम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कानुनी रुपमा नेकपा विभाजन नभएसम्म प्रदेश सभाको बैठक सुचारु हुन नसक्ने बताउनुभएको छ । उहाँले कानुनी रुपमा विभाजन भएपछि बहुमतका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले प्रदेश सभा पनि सुचारु हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.