प्रधानमन्त्री ओली र विप्लवले आज संयूक्त समारोहमा सम्बोधन गर्ने

काठमाडौं- विप्लव समूहका नेता नेत्र विक्रम चन्द विप्लव आज काठमान्डौ आउँदै हुनुहन्छ ।

हिजो सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपछि विप्लव आज सार्वजनिक हुन लाग्नुभएको हो ।

उहाँ आजै राष्ट्रिय सभा गृहमा हुने सार्वजनिक समारोहमा सहभागी हुन चितवनबाट काठमान्डौँ आउदै हुनुहुन्छ ।

सार्वजनिक समारोहमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एवमं वार्ता टोलीका सदस्य डा राजन भट्टराइले जानकारी दिनुभएको छ ।

आजको समारोहमा हिजोको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी पनि गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.