सहमतिमा हस्ताक्षर भएपछि विप्लवले भन्नुभयो, ‘सहमति पालना गर्छौं’

'राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजान्छौं'

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो<  ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं ।’

उहाँले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताउनुभयो । ‘सहिदको चाहना जनताको चाहना पूरा भएको छैन,’ उहाँको भनाइ थियो, ‘जीवनदान गर्छौं, सहिदको सपना पूरा गरेर छाड्छौं ।’

महासचिव विप्लवले राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताउनुभयो ।

महासचिव विप्लवले नेपालका कम्युनिस्टहरु शान्तिका दूत पनि भएको उल्लेख गर्नुभयो । ‘हामी कम्युनिस्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.