२४ घण्टामा १२० जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६१४३ जनाको गरिएको पीसीआर परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ७ सय ६६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ४६, भक्तपुरमा ७ र ललितपुरमा ५ गरी उपत्यकामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.