प्रचण्ड–माधव समूहद्वारा प्रचण्डलाई दलको नेता चयन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव र नेतृ पम्फा भूसालको समर्थनमा दाहाललाई दलको नेता चयन गरिएको हो ।

खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स(शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिनुभयो । आफ्नो पक्षमा ११५ जना सांसद रहेको उहाँको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.