२४ घण्टामा ४७ जना कोरोना संक्रमित, ६२ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५३५ जनाको गरिएको पीसीआर परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ८ सय २८ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

गत २४ घण्टामा काठमाडौंमा २८, र ललितपुरमा ३ गरी उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.