काँग्रेस युवा नेता महरको पुस्तक ‘महाकाण्ड’ सार्वजनिक

काठमाडौं- नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लेख्नुभएको पुस्तक “महाकाण्ड” आज सार्वजनिक भएको छ।

वर्तमान सरकार गठन भएदेखि संसद विघटनसम्मका विभिन्न घटनाहरुलाई लेखक महरले पुस्तकमा समेट्नुभएको छ।

पुस्तक नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आज विहान उहाँकै निवास बुढानिलकण्ठमा आयोजित समारोमा विमोचन गर्नुभएको हो ।

पुस्तक सार्वजनिक समारोहमा युवा नेता तथा लेखक महरले आफूले सरकारका विवादित निर्णयहरुलाई आम नेपालीका माझ पुर्‍याउने जमर्को गरेको र यसले सरकारलाई समेत सही मार्गमा हिँडाउन टेवा पुगेको धारणा राख्नुभयो ।

नेता महरले नेपाली काँग्रेसले प्रतिपक्षी भूमिकामा रहेर काम गरिरहँदा पुस्तका सामाग्रीहरु उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि नै लेखक महरले सरकारकै विभिन्न विवादित र आलोचित निर्णयहरुलाई समेटेर “काण्डैकाण्ड” नामक पुस्तक लेख्नुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.