स्वीटरज्याण्डमा मुस्लिम महिलाले बुर्का लगाउनुपर्ने बाध्यताको अन्त्य

स्वीटजरल्याण्डमा भएको जनमतसंग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ ।

आइतबार भएको जनमतसंग्रहको परिणामले बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत मत प्राप्त भएको छ । यसै गरी यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत प्राप्त भएको हो ।

जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो । स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो ।

स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै जनमत संग्रहको परिणामको विरोध जनाएको छ । जनमत संग्रहको परिणामका विपक्षमा अदालत जाने पनि जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.