चितवनद्वारा सुदूरपश्चिमसमक्ष १३० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।
आजै भएको पहिलो खेलमा कर्णाली याक्सलई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाज विजयी भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्