टस जितेर चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्यले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।

दुई खेलबाट तीन अङ्क जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यता तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको सुदूरपश्चिम चितवनलाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ ।.

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.