बिना तथ्य र प्रमाण सेनालाई विवादमा तान्ने काम हुनु गलतः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा नीति देशको सम्प्रभुताको रक्षामा केन्द्रित रहेको बताउनु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद सचिवालयको २० औ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा परिषद्का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । राष्ट्रिय एकता र विश्वमा शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले बिना तथ्य र प्रमाण सेनालाई विवादमा तान्ने काम हुनु गलत भएको बताउनुभयो ।

रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले परिषद् कार्यालय रहेको पुतली बगैंचामा वृक्षरोपण पनि गर्नुभयो । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको स्थापना २०५८ साल फागुन २७ गते भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.