क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको अध्ययन गर्दैछौंः मन्त्री रायमाझी
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार भएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’
रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिनुभयो । अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने उहाँको भनाइ छ ।
पूर्वमाओवादी नेतासमेत रहनुभएका रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताउनुभयो । क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’
प्रतिक्रिया राख्नुहोस्