सप्तरी-३ मा रास्वपाका अमरकान्त चौधरी निर्वाचित

काठमाडौँ-सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।

उहाँले ३२ हजार ८७५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।

सप्तरी-३ बाट निर्वाचित अमरकान्त चौधरी स्थानीय पहिचानसहित संघीय राजनीतिमा नयाँ अभ्यासको एजेन्डा बोकेर मैदानमा होमिनुभएको थियो ।

  ४४ बर्षीय चौधरी नीति, सेवा-डेलिभरी र स्थानीय विकासका मुद्दामा तथ्यपरक बहस गर्न सक्ने शैक्षिक आधार भएका व्यक्ति मानिनुहुन्छ । पारदर्शिता, जवाफदेहिता र सुशासनको बहसलाई संघीय संसदसम्म लैजान सक्ने प्रतिनिधि सभा सदस्यको रुपमा उहाँलाई हेरिएको छ। 
शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना र स्थानीय पूर्वाधार विकासमा निरन्तर ध्यान केन्द्रित गर्दै आउनु भएका चौधरी २०७४ सालदेखि राष्ट्रिय जनतापार्टीमा आवद्ध हुनुहुन्थ्यो । यही निर्वाचनको केही समय अघि मात्र उहाँ रास्वपा प्रवेश गर्नुभएको थियो ।। 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.