बर्दिया-१ बाट रास्वपाका ठाकुरसिंह थारु विजयी

बर्दिया– निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको छ ।

२०३९ सालमा जन्मिनुभएका ठाकुर पेशाले कानुन व्यवासयी हुनुहुन्छ ।

उहाँ ०७९ सालमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार भई पराजित हुनु भएको थियो ।

नवनिर्वाचित सांसद थारी ०५६ सालदेखि कम्युनिष्ट राजनीतिबाट २०७९ मा नागरिक उन्मुक्ति पार्टी हुँदै २०८२ मा रास्वापामा जोडिनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.