माओवादी केन्द्र नाम फेर्ने तयारीमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी सुरु गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनको एजेन्डा राखिएको छ । नेताहरुका अनुसार पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव गर्ने सम्भावना छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले बदर गरेपछि दुवै दल अलग अलग अस्तित्वमा आएका छन् ।

संगठनात्मक काम, पार्टी विधान, र पार्टी अनुशासन, राष्ट्रिय भेलालगायतका विषय एजेन्डामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.