माओवादी केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रले काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको नाम परिवर्तनलगायतका एजेन्डा थिए । शनिबारको बैठकमा नेताहरुले प्रदेशगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.