२४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ३ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ९५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४४ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ। यसैबीच द्रोसो चरणको खोप अभियान प्रभावकारि बन्दै गएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.