तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध

पाल्पा– पाल्पाको तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा शुक्रबार तानसेनमा भएको कार्यक्रममा सो जानकारी दिइएको हो। भगिनी सम्बन्ध स्थापित भएपछि दुई नगर बीच शिक्षा, संस्कृति, प्रविधि, सीप, उद्योग, जनशक्ति उत्पादन, पशुपालन, पर्यटन र कृषि क्षेत्रमा सहकार्य हुनेछ।

चीनका राष्ट्रपति सी चिनपिङ्द्वारा चीनमा अख्तियार गरेको ग्रामीण क्षेत्रको पुनरुत्थान नीति तानसेन भित्रकै ग्रामीण क्षेत्रमा लागू गरेर समृद्ध गाउँ बनाउन सकिने विचार सहभागीहरुको थियो। तानसेन नगरपालिका र चीनको लसान नगरबीच भगिनी सम्बन्ध कायम गरेर आफूहरू सुमधुर सम्बन्ध स्थापित गर्न लागेको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.