राष्ट्रिय जनगणना कार्यालय स्थापनाः दैलेखमा मात्र खुल्यो ४२० जनालाई रोजगारी

दैलेख- दश बर्षपछि सुरु हुन लागेको राष्ट्रिय जनगणना अभियान सफल पार्नका लागि दैलेखमा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले कार्यालय उद्घाटन गर्दै आम नागरिकहरुलाई जनगणनामा भाग लिन आह्वान गर्नुभएको छ ।

दश बर्ष पछि सुरु भएको जनगणनाले बिभिन्न बिषयहरुमा योजना निर्माण गर्न, राज्यले नीति बनाउन सहयोग पुग्ने भएकोले सबैले जनगणनामा भाग लिन जिल्ला जनगणना अधिकारी मोतिराम रोकायले आग्रह गर्नुभएको छ ।

जनगणनाका लागि बेरोजार युवा युवतीहरुले सुपरीवेक्षक र गणकका लागि रोजगारी पाउने भएका छन् । दैलेखमा मात्रै ४ सय २० जना युवा युवतीहरुले २ महिनाका लागि रोजगारी पाउने भएका छन् । देशैभर अनलाइनमार्फत दरखास्त आह्वान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.