क्युआर कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्युआर कोडमार्फत् भुक्तानी हुने गरेकामा माघमा ५० करोड रुपैयाँ बढीको कारोवार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत पुस महिनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइन मार्फत् १० अर्ब रुपैयाँ बढीको कारोवार भएको छ ।

पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार यी प्रविधि मार्फत माघमा मात्र एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.