२४ घण्टामा थप ७९ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा गएको २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९सय ९८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४७ जना क्वारेन्टाइनमा छन्। यस्तै गएको २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.