प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश, अर्को बैठक चैत १८ गते

काठमाडौं– प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।

पुनर्स्थापित प्रतिनिधि सभामा पहिलोपटक सोमबार शुन्य समयमा सांसदहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.