नेपालमा सबैभन्दा बढी फोक्सोको क्षयरोग

काठमाडौं- आज विश्व क्षयरोग दिवस । प्रत्येक वर्ष मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्ष क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ क्षयरोग दिवस मनाँउदैछ ।

सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ ।

क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म अस्तित्वमा रहेको छ । आज चिकित्सा विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण हुने गरेको छ ।
बिश्वमा प्रत्येक वर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेको र २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक छ । नेपालमा क्षयरोगको तथ्याकं झन भयावह छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु थपिने गरेका छन् ।

यसै गरी झण्डै ५ देखि ७ हजार नेपालीको क्षयरोगकै कारण बर्षेनी मृत्यु हुने गरेको तथ्याकं छ । क्षय रोग विभिन्न प्रकारका हुने गरेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने गरेको छ ।

अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका क्षयरोग हुने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.