समृद्धिमा योगदान पुर्‍याउने गरी चलचित्र निर्माण गर्न सञ्चार मन्त्रीको आह्‍वान

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन सबैलाई आह्वान गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने आधार तयार भएको र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिनु भयो ।

काभ्रेको धुलिखेलस्थित काभ्रे भञ्ज्याङमा आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीमा मन्त्री गुरुङ्ले आदिवासी चलचित्रकर्मीहरुलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने गरी चलचित्र निर्माणमा ध्यान दिनआग्रह गर्नुभयो ।

मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्रनिर्माणमा जोड दिनुपर्ने आवश्यक्ता पनिऔंल्याउनु भयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, फोनिजकाअध्यक्ष डण्ड गुरुङ लगायतले सबै जाति, भाषा, धर्म र संस्कृतिको स‌ंरक्षण र सम्वर्धनमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.