कोरोना संंकटः होली पर्व घरभित्रै मनाउन आग्रह

काठमाडौं– काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले यस वर्षको होली पर्व घर भित्र नै सीमित गर्न आग्रह गरेको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले कोभिड( १९ को जोखिम बढन नदिन होलीमा सार्वजनिक कार्यक्रमहरु माथि रोक लगाउने निर्णय गरेको हो । बैठकले पछिल्लो समय कोभिड संक्रमणको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै त्यसको पालनामा लापरवाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैठकले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि यसअघि रहेका क्वारेन्टाइन र आइशोलेशन सेन्टरहरुलाई पुनः प्रयोग गर्न सकिने नसकिनेबारे अनुगमन गर्ने र त्यस्ता सेन्टरलाई तयारी अवस्थामा राख्न समेत स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीयको अनुरोध

भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तुका खुल्ला सिमानामा पनि स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीयले सरकारसँग अनुरोध गरेका छन ।

नेपाल भित्रने कपिलवस्तुका बढनी, मर्जादपुर, चाकरचौडा, सुठौली लगायत ८३ किलोमिटर खुल्ला सिमानाबाट दैनिक सयौं मानिसहरु नेपाल भित्रिने गरेका छन । होली पर्व नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका कतिपय नेपाली फर्कने क्रम जारी रहेपनि संक्रमित भए नभएको स्वास्थ्य चेकजाँच नहुँदा माहामारी पुनः फैलने आशंका बढेको स्थानीयको भनाइ छ ।

प्रशासन कार्यालयले स्वास्थ्यका अधिकारीको समन्वयमा कृष्णनगर नाकामा चेकजाँच चौकी राख्ने तयारी गरिएको जानकारी दिएको छ ।

पर्सामा पनि कडाइ
कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको बैठकले जिल्लामा भेला, सम्मेलन जस्ता भिडभाड हुने कार्यक्रमहरुमा रोक लगाउने निर्णय गरेको छ । होली जस्ता पर्वमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय समेत गरेको छ।

सीमा क्षेत्रमा थप कडाइ गरि भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.