नेपाल अण्डा र मासुमा आत्मनिर्भर

काठमाडौं– नेपाल अण्डा र मासुमा आत्मनिर्भर बनेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केही पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्नुभयो। माछा र दुग्ध जन्य पदार्थमा पनि नेपाल आत्मनिर्भर उन्मुख रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले यो राष्ट्रिय उपलब्धि हो भन्नु भयो । स्वदेशी उत्पादनको उपयोगमा जोड दिन आग्रह गर्दै प्रधानमन्त्रीले स्वदेशमै रोजगारी सृजना गर्ने कृषि उत्पादनमा लगानी बढाउन आग्रह गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले दुग्ध विकास संस्थानद्वारा उत्पादित मिल्क ह्राइटनरको बजारिकरणको सुरुवात गर्नुभयो।

कार्यक्रममा प्रधानमन्त्रीले दुग्ध पदार्थको ढुवानीमा प्रयोग हुने साधनहरुमा प्रयोग गरिने प्रतिक चिन्ह र पशुपन्छी तथा मत्स्य क्षेत्र सुधारको रणनीतिक कार्ययोजना सार्वजनिक गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले पशुपन्छी तथा मत्स्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्नु भयो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अबको पाँच वर्षमा कृषि र पशुपन्छी उत्पादन निर्यात गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.