२८ पछिका पार्टीका निर्णय फिर्ता हुँदैनन् : प्रधानमन्त्री

घनश्याम भूसाल, गोकर्ण विष्ट र योगेश भट्टराईद्वारा पार्टी एकताका लागि अपिल

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेपछाडिका निर्णय फिर्ता नहुने स्पष्ट पार्नुभएको छ ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विधि सम्मत् भएका निर्णय फिर्ता नहुने बताउनुभएको हो । ‘दलको विधान केन्द्रीय कमिटीले अनुमोदन गरेकाले अहिले संशोधन गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘समयक्रममा आवश्यकताका आधारमा संशोधन गर्न सकिन्छ ।’

प्रधानमन्त्रीले गुटका कुरा नसुन्ने दोहोर्‍याउनुभएको थियो । उहाँले व्यक्तिगतरुपमा प्रत्येकका आलोचना र गुनासाहरु सुन्न तयार रहेको उल्लेख गर्नुभयो ।

दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरुको उपस्थिति थियो । यसअघिका तीनवटै दलका बैठकमा नेपाल पक्षको उपस्थिति थिएन ।

बैठकमा एमाले वरिष्ठ नेता झलनाथ खनालसहित नेताहरु घनश्याम भूसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले आ आफ्ना विचार राख्नुभएको थियो ।

खनालले २०७५ जेठ २ गते अगाडि फर्कन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.