कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका जोशीको शुक्रबार राति ८:२४ बजे निधन भएको हो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वसांसद जोशीको पार्थिव शरीर शनिबार पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.