म्यान्मारमा सैनिक ज्यादति बढ्यो, एकैदिन ९० बढी नागरिक मारिए

म्यान्मारमा सुरक्षाकर्मीको कारवाहीमा परी एकै दिनमा ९० जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । गत फेब्रुअरी १ मा सैनिक कु भएयताकै सबैभन्दा घातक दिनका रुपमा हिजो भएको सैनिक कारवाहीलाई हेरिएको छ ।

म्यान्मारस्थित राजनीतिक बन्दीहरुको संस्थाका अनुसार सैनिक शासकले ज्यादतिपूर्ण रुपमा नागरिक हत्या गरेका छन् । मारिनेमा घरमै बसेका बालबालिका समेत रहेका छन् ।

मियाङयान शहरका एक स्थानीयले सैनिक शासकले कुखुरा र चरा मारे जसरी नागरिकहरुको हत्या गरेको बताएका छन् । सैनिक शासकको ज्यादति बढेपछि नागरिकहरु अन्तिम सासम्म प्रदर्शन गर्ने मनस्थितिमा पुगेका छन् ।

म्यान्मारमा सैनिक कु शुरुभए यता मात्रै ४ सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । म्यान्मारमा बढ्दो हिंसा प्रति बेलायत, अमेरिका र युरोपेली संघले चिन्ता व्यक्त गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.