नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक सुवेदीलाई तारिणीप्रसाद कोइराला पुरस्कार

काठमाडौं– नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ समाचार सम्पादक सुवेदीसहित तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साललाई पनि प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।

क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रियसभा भोलि मंगलबार आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

यसैगरी मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गर्ने निर्णय भएको क्लवले जनाएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ ।

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।

कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारीलाई दिइने पुरस्कारको राशि २५ हजार रहेको छ ।

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदीलाई दिइने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.