वायु प्रदूषणका कारण भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द हुने

काठमाडौं-  सरकारले देशभरका शिक्षण संस्थाहरु भोलिदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो शिक्षा मन्त्रीका प्रेस सल्लाहकार इश्वरराज ढकालले जानकारी दिनुभएको हो ।

विद्यालयसहित देशका सबै शिक्षण संस्था बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको सल्लाहकार ढकालले नेपालटीभी अनलाइनलाई बताउनुभयो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेपछि विज्ञहरुले सरकारलाई विद्यालय बन्द गर्न सुझाउ दिएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.