जर्मनीले बन्द गर्‍यो ६० वर्ष उमेर माथिकालाई एस्ट्राजिनिका खोप

जर्मनीले ६० वर्षभन्दा माथिको उमेरका लागि कोभिड-१९ विरुद्धको एस्ट्राजिनिका खोप दिन बन्द गरेको छ ।

जर्मनीमा केही व्यक्तिमा दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिएपछि सो उमेर समूहलाई खोप दिन बन्द गरेको हो । जर्मनीको औषधि सम्बन्धी नियामक निकायले २७ लाख खोप लगाएका मध्ये ३१ जनामा रगत जम्ने समस्या देखिएको जनाएको छ ।

यस अघि नै क्यानडाले ५५ वर्षभन्दा माथिको उमेरका लागि एस्ट्राजिनिकाको खोप लगाउन बन्द गरिसकेको छ ।

अन्तर्राष्ट्रिय नियामक निकायले भने खोपको जोखिमभन्दा उपयोगिता निकै बढी भएको प्रतिवेदन दिएको एस्ट्राजिनिकाले जनाएको छ ।

साथै दुर्लभ प्रकारको रगत जम्ने समस्या खोपकै कारणले भएको वा अन्य कारण हो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको पनि जनाएको छ । युरोपेली संघ र बेलायत भने गत महिना नै खोप बन्द गर्ने निर्णयबाट फिर्ता भइसकेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.