महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते

महोत्तरी– महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । गोली प्रहारबाट बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका हुन् ।

कोइरालामाथि बुधबार साँझ औरही नगरपालिका ४ स्थित सेरामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उनको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

गोली हानेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.