नेकपाको नाम सम्बन्धी फैसला पुनरावलोकन हुँदैन : सर्वोच्च अदालत

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको नाम सम्बन्धी पुनरावलोकनको लागि दर्ता गर्नुभएको निवेदनमा पुनरावलोकन नहुने सर्वोच्च अदालतले फैसला गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको आज बसेको बेन्चद्वारा अघिल्लो फैसला नै ठीक भएको ठहर भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन माथि आज सुनुवाइ भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले आज सो निवेदनमाथि सुनुवाइ गरेको हो ।

प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनको निवेदन दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.