सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा छिट्टै निर्णय हुन्छ : माओवादी केन्द्र

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक-दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गर्दै उहाँले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताउनुभयो ।

बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्नेबारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.