बिराटनगर महानगरपालिकाले रोक्यो जेष्ठ नागरिक र एकल महिलाको भत्ता

मोरङ- विराटनगर महानगरपालिकाले दोहोरो भत्ता लिदै आएका २ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोकेको छ ।

सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा निवृत्तिभरण वा नियमित पारिश्रमिक लिनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाइने व्यवस्था भएपनि विराटनगर महानगरपालिका लगायत धेरै स्थानीय तहहरुले दोहोरो सुविधा दिदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि दोहोरो भत्ता रोक्न थालिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाबाट चालू आर्थिक वर्ष पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्तावापत १४ हजार ८३ जनालाई १३ करोड ४३ लाख ८३ हजार रुपैया वितरण गरेको थियो भने दोश्रो चौमासिकमा १४ हजार २ सय ३१ जनालाई १३ करोड ५१ लाख ८४ हजार रुपैया वितरण गरेकेा थियो ।

विराटनगर महानगरपालिकामा दोहोरो भत्ता लिदै आएकाहरुको छानबिन गरी साउन १ गतेदेखि नै दोहोरा सुविधा रोकिएको विराटनगर महानगरपालिकाका पञ्जिकरण शाखाका जस्टिस चौधरीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिकले मासिक ३ हजार, एकल महिलाले २ हजार, अपाङ्गगता भएकाहरुले ३ हजार देखि १ हजार ६ सय रुपैयासम्म पाउने गर्दछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो भत्ता लिएकाहरुबाट सरकारी बाँकी सरह असुल गर्न कडा निर्देशन दिएको भएपनि विराटनगर महानगरपालिकाले असुल उपर गर्ने प्रक्रिया भने शुरु गरेको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.