सैनिक कु भएयता मात्रै म्यान्मारमा ४३ भन्दा बढी बालबालिका मारिए

माल्दिभ्समा गत फेब्रुअरीमा सैनिक कु भएयता मात्रै ४३ जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकाय सेभ द चिल्ड्रेनले जनाएको छ ।

बालबालिकाको अधिकार र सुरक्षाका दृष्टिले दक्षिण एसियाली मुलुक म्यान्मारको अवस्था निकै गम्भीर रहेको छ ।

सबैभन्दा कम उमेर ६ वर्षकी बालिकाको समेत सुरक्षाकर्मीको गोली लागेको मृत्यु भएको छ । स्थानीय अनुगमन समूहका अनुसार गत फेब्रुअरीयता मात्रै म्यान्मारमा ५ सय ३६ जनाको मृत्यु भइसकेको छ ।

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई देशको सरकारी गोप्य ऐनको उल्लंघन गरेको आरोप लगाएर नजरबन्दमा राखिएको छ । सुकी सहित उहाँका ४ जना सहयोगीलाई पनि विभिन्न आरोप लगाएर नियन्त्रणमा लिइएको छ ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले प्रजातन्त्रका पक्षमा आन्दोलनरत नागरिक विरुद्ध तीव्र दमन भएरहेकाले स्थिति थप रक्तपातपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.