दोहोरो सुविधा लिने २ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोकियो

विराटनगर– विराटनगर महानगरपालिका कार्यालयले दोहोरो भत्ता लिदै आएका २ सय ७६ जना जेष्ठ नागरिक र एकल महिलाको भत्ता रोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन पछि दोहोरो भत्ता रोक्न थालिएको महानगरपालिकाले जनाएको छ । दोहोरो भत्ता लिदै आएकाहरुको छानबिन गरी साउन १ गते देखि नै दोहोरा सुविधा रोकिएको पञ्जीकरण शाखाका जस्टिस चौधरीले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो भत्ता लिएकाहरुबाट सरकारी बाँकी सरह असुल गर्न कडा निर्देशन दिएको भएपनि महानगरपालिकाले असुल उपर गर्ने प्रक्रिया भने सुरु गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.