बारेकोट गाउँपालिकाका तीन गाउँका बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै

जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिकाका तीन गाउँका बासिन्दाले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँमा स्वच्छ पिउने पानीको सुविधा नहुँदा स्थानीयले वर्षौदेखि खानेपानीको समस्या झेल्नु परेको हो ।

बारेकोट गाउँपालिका ३ का बुढागाउँ भुरार र झारमौरी टोलका ५ दर्जन घरपरिवारलाई वर्षौदेखि खानेपानीको समस्या भएको हो । तीन टोलका बासिन्दाले अहिले पनि विभिन्न खोला र कुवाको पानी पिउने गरेका छन् ।

खानेपानीको व्यवस्था गरिदिन विभिन्न निकायमा माग गरेपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.