विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल

काठमाडौं– मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले हुमागाईंलाई चार वर्षका लागि नियुक्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।

हुमागाईं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक हुनुहुन्छ ।

बैठकले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशि शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

बैठकले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.