प्रधानमन्त्रीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लाग्नुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.